यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

टोल स्तरिय फुटबलको उपाधि पिप्ले सडकलाई


जनप्रवाह क्लव तथा शान्तिनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा पिप्ले मैत्रीपुर्ण खसी बाजी टोलस्तरीय फुटबल प्रतियोगितामा पिप्ले सडक टोल विजयी भएको छ । जिजय हुँदै पिप्ले सडक टोलले खसी जितेका छन् । त्यस्तै उपविजेता बन्दै जन प्रवाह क्लबले एक बोकामा चित्त बुझाएको छ । निर्धारित समयसम्म गोलरहित बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टी सुटआउटमा पिप्ले सडक टोलले जीत आफ्नो पोल्टामा पारेको थियो । कात्र्तिक २६ गतेबाट सुरु भएको प्रतियोगितामा ६ टिम सहभागिता भएको थियो ।

Advertisement

खेलभरी सबै भन्दा बढी गोल गर्ने भूपेन्द्र चौलागाईं र उत्कृष्ट खेलाडी दीपक अर्याललाई भाले प्रदान गरिएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई समाजसेवी निरन्ज पौडेलले एक क्रेट अण्डाको दरले प्रदान गरेको थियो । कार्यक्रम जन प्रवाह क्लबका अध्यक्ष हरी बहादुर कुँवरको सभाध्यक्षमा भएको थियो भने हेटौंडा उपमहानगरपालिका ५ का वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता ,वडा सदस्य ज्ञान बहादुर थापाको विशिष्ठ विशेष आतिथ्यता रहेको थियो । त्यस्तै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा ,जनप्रबाह क्लबका संस्थापक अध्यक्ष ह्याग्रिप आचार्यको विशेष आतिथ्यता ,शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष ,जनप्रबाह क्लबका बरिष्ठ सल्लाहकार देवी बहादुर बुढाथोकी ,पिप्ले युवा क्लबका अध्यक्ष शुशिल घिमिरे लगायत मकवानपुर खेलकुद जिल्ला विकास समितिका कार्यालय प्रमुख खुश राजन दाहाल लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन मिलन सेढाईंले गरेको थियो । प्रमुख अतिथि बानियाँले कार्यक्रममा बोल्दै दिपावली , छट र नेपाल संवतको शुभकामना दिए । त्यस्तै टोल स्तरीय खेलले एकता र सामाजिक भावनाको समेत विकास हुनेकुरामा जोड दिए । क्लबका अध्यक्ष कुँवरले खेलले शारीरिक विकासमा सहयोग पुर्याउने ,एकजुट हुने, सहकर्मीलाई विश्वास गर्न र आपसी समन्वय मजबुत बनाउने र खेलाडीको आत्मविश्वास र सकारात्मक ऊर्जा बढाउन सहयोग गर्ने भएकाले आउँदो दिनमा पनि फुटबल प्रतियोगितालाई निरन्तरता दिनु पर्ने बताए ।