Coronavirus COVID-19

सिप्यान अवार्डको पुरस्कार रकम ‘कोरोना राहत कोष’मा जम्मा गरिने

[Ads]

काठमाडौं – क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सीप्यान) ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषलाई दिने निर्णय गरेको छ ।

सीप्यानले यस वर्षको अवार्डमा लागि लाग्ने सबै खर्च कोरोना राहतकोषमा दिने निर्णय गरको जानकारी दिएको हो ।

सीप्यानले अवार्डका लागि मुख्य पाँच विधामा ४ लाख ६२ हजार रुपैयाँ बराबरको पुरस्कार रकम वितरण गर्ने तयारी गरेको थियो ।

कोरोनाका कारण स्थगित भएको अवार्ड कार्यक्रमको उक्त रकम सरकारी राहत कोषमा जम्मा गर्दै यो वर्ष अवार्ड प्रदान नगर्ने निर्णय विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘अहिलेको विषम परिस्थितिमा हामी सम्पूर्ण क्रिकेट खेलाडीहरु पनि संकटको रुपमा देखा परेको कोभिड १९ विरुद्वको राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्न प्रतिबद्व छौ,’ सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

दोस्रो संस्करणको सीप्यान क्रिकेट अवार्ड चैत २१ गते हुने तय थियो ।

यो समाचार को स्रोत :- Khabarhub.com

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...