मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८, कमाने निवासी धर्मराज पुडासैनी र सलिना ढुंगेल दम्पतिले अति विपन्न २२ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

https://www.facebook.com/photo.php?fbid=2557910944482096&set=a.1489025644703970&type=3&theater

दम्पतिले विश्वव्यापी माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण लक डाउनको अवधिमा दैनिक ज्यालादारीमा काम गरी गुजारा चलाउँदै आएका वडाका विपन्नलाई चामल, दाल,मस्यौरा, नुन, तेल, साबुन लगायतका सामाग्री सहयोग गरेका हुन् ।
आगामी दिनमा पनि वडामा रहेका त्यस्ता विपन्न परिवारलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको तर अब वडा कार्यालयसंग समन्वय गरी बाँकी सहयोगका कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

दम्पतिले हेटौंडाको ८ नम्बर वडाको विभिन्न टोलमा रहेका अति विपन्न परिवारलाई कोभिड १९ का विषयमा जानकारी गराउँदै साबुन पानीले हात धुन समेत सिकाउँदै सहयोग गरेका थिए ।