चितवन क्षेत्र नंम्बर २ को प्रतिनिधिसभा अन्तर्गत एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेल झिनो मतले अगाडी रहेका छन् । पछिल्लो ७०४१ मत गणना गर्दा पोख्रेलले २३३१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २२२७ मत ल्याएर पछ्याईरहेका छन् । रवि लामिछाने भन्दा पोख्रेल १०४ मतले मात्रै अगाडी रहेको छ । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले २०३६ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।