हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ मा नेकपा एमालेका उम्मेद्वार दिपक खड्का विजयी भएका छन् । बुधबार राती सम्पन्न मत परिणाम अनुसार उनले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएको हो । उनले १७८२ मत ल्याई विजयी हुँदा पराजित गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार ञानेन्द्र मुक्तानले ११४६ मत प्राप्त गरेका थिए । खड्का दोस्रो पटक वडाध्यक्षमा विजयी भएको हो ।

यस्तै वडाको अन्तिम मत परिणाम आउँदा मेयर पदमा नेकपा एमालेका उम्मेदवारले १६२३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट समाजवादीका उम्मेदवारले १०४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवारले बढी मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारले १७८४ प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवारले १०३४ मात्र मत प्राप्त गरेका छन् ।