मकवानपुरको बागमती गाँउपालिकामा नग्न अवस्थामा महिलाको शव फेला परेको छ । बागमती गाउँपालिका वडा नंबर ५ बागमती नदी किनारमा पानीमा डुबेको अवस्थामा अन्दाजि ३०–३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी घटनास्थलमा पुगी कानुनी प्रक्रिया पुरा गरि शवलाई परिक्षणको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीको भनाई रहेको छ । शवको हासम्म पहिचान भएको छैन् । शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।