मकवानपुरमा मंगलबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ प्राप्त रिपोर्ट अनुसार ९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु हेटौंडाका विभीन्न वडाका वासिन्दा रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् ।

No photo description available.

मंगलबार ४६ जनामा गरिएको परिक्षणमा १३ जनमा पोजेटिभ देखिएको चौँलागाईले बताउनुभयो । संक्रमण हुनेहरुमा हेटौँडा १० का ५० वर्षिय पुरुष, ३७ वर्षका पुरुष, वर्ष नखुलेका अर्का पुरुष र ६० वर्षका पुरुषमा कोरोना संक्रमण भएको छ । हेटौंडा ४ का ४५ वर्षिय पुरुष वर्ष नखुलेकी महिला, हेटौंडा ५ का २२ वर्षिय महिला, ४४ वर्षिय पुरुष, ४८ वर्षका पुरुष, र २३ वर्षका महिलामा कोरोना भएको हो । यस्तै हेटौंडा १३ का २७ र ३५ वर्षिय पुरुष र हेटौंडा १ का ४३ वर्षिय महिलामा कोरोना संक्रमण भएको चौलागाईले जानकारी दिनुभएका छन् ।