मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माण गरीएको झोलुङ्गे पुल मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ कालिखोला र वडा नम्बर ५ को कालिवनको सिमानमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले रिवन काटी पुलको उद्घाटन गरेका थिए ।

पुलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष हुमागाईले गाउँपालिकाका भित्र साना ठुलागरी करिब एक दर्जन पुल निर्माण हुने बताए । संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तरगत ४७ लाख ८५ हजार ४ सय ७७ र स्थानीयको तर्फबाट ९५ लाख ७ हजार ८५ लगानीमा पुल निर्माण गरिएको हो ।