यातायात व्यावसायी उपभोक्ता सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाकी उप–मेयर मिना लामाले साधारण सभाको उद्घाटन गरेका थिए । उनले उद्घाटन गर्दै सहकारी मार्फत समाजमा राम्रा कामको सुरुवात गर्नुपर्ने बताएका छन् । सहकारीले अब सबैलाई व्यावसायसंग जोडेर अगाडी वढाउनुपर्ने सुझाब व्यक्त गरे । कार्यक्रममा पुरानो नारायणी यातायात व्याबसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निबर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाई, महासचिब सरोज खनाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।