Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लागुऔषधसहित ४ जना पक्राउ

Company Register

Advertisement

लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार लिम्बू, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ बस्ने २२ वर्षीया अनु राई रहेका छन्। प्रहरीले उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...