Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

१ लाख ५० हजार घुससहित सव–इन्जिनियर पक्राउ

Company Register

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार घुससहित एक जना सव–इन्जिनियरलाई पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका सव(इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा पोखराबाट खटिएको अख्तियारको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो । उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...