Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

Company Register

Advertisement

नव नियुक्त युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ समक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ९एनएनआईपीएल० ले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार मन्त्रालयमै एनएनआईपीएले मन्त्री तामाङसमक्ष खेलाडीको प्रोत्साहन भत्तादेखि अभ्यास सुरुका लागि पहल गर्न माग राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

एनएनआईपीएले ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता कार्यविधिमा कटौती नहुने गरि उपलब्ध गराउन माग गरेको छ । यस्तै, सागका रजत तथा कास्य पदक विजेता खेलाडीका लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्न एनएनआईपीएले माग गरेको छ । गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पहल गर्न समेत माग गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...