Comments Add Comment

पब्जी च्याम्पियनसिपमा नेपाल दोस्रो,जित्यो ३ करोड ८६ लाख पुरस्कार

इन्डोनेसियाको जकार्तामा भएको पब्जी मोबाईल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) ले दोस्रो स्थान हासिल गरेको छ।पब्जिको विश्वकपका रुपमा समेत लिइने यो प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख डलर हात पारेको थियो। फाइनल चरणको छनोट हुँदाको ९२ हजार अमेरिकी डलरपनि उसले पुरस्कार स्वरुप प्राप्त गर्दै समग्रमा ३ करोड ८६ लाख नेपाली रुपैयाँ पुरस्कार हात पारेको हो।

१६ टिम सहभागि प्रतियोगितामा १४ टिमले लिग स्टेजबाट छनोटमा स्थान बनाउँदा २ टिमले सोझै स्थान बनाएका थिए। प्रतियोगितामा टर्कीको एस टु जी स्पोर्ट्स विजयी भएको थियो। उसले ४ लाख अमेरिकी डलर हात पार्दा समग्रमा भने ५ लाख १० हजार डलर जित्न सफल भयो। प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा रहेको डीआरएस एरांगलमा खेलिएको अन्तिम खेलमा अपेक्षित प्रदर्शन गर्न असफल भएको थियो।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै