Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विश्वकप छनौट : ताइपेईविरुद्ध नेपालको सानदार जित

Company Register

विश्वकप फुटबलको एसियाली छनौटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपालले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले जितेको छ । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। यसअघि चाइनिज ताइपेईविरुद्ध भएको पहिलो खेलमा पनि नेपाल २–० गोलले हराएको थियो। समूह बीमा रहेको नेपाल ६ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। चाइनिज ताइपेई ६ खेलबाट अंक नजोडी समूहको पाचौँ तथा अन्तिम स्थानमा छ। नेपालले अब जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने छ।

Advertisement

चौथो मिनेटमा अन्जनले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए। डिबक्सभित्र चाइनिज ताइपेईका खेलाडीको हातले बल छोएपछि नेपालले पेनाल्टी प्रहारको मौका पाएको थियो। अन्जनले यो व्यक्तिगत चौथो अन्तर्राष्ट्रिय गोल हो। त्यस्तै दोस्रो हाफमा मैदान छिरेका नवयुगले अन्त्यतिर गोल थपेका हुन्। उनले करिब तीन वर्षपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्। उनको यो व्यक्तिगत सातौँ अन्तर्राष्ट्रिय गोल हो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...