Coronavirus COVID-19

ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

[Ads]

Advertisement

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई पराजित गरी रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २–१ गोलले पराजित गरेको हो । रियलको जितमा दुवै गोल करिम बेन्जिमाले गरे र उनले २९ औँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा उनले गोल गरेर अग्रता दोब्बर पारे । भिल्लारियलका लागि ८३ औँ मिनेटमा इबोराले एक गोल फर्काए ।

उपाधि जित्नका लागि रियल मड्रिडलाई लिगको अन्तिम दुई खेलमा एकमा जित वा कम्तिमा दुई अंक चाहिएको थियो । जितसँगै रियल मड्रिडले तीन वर्षपछि पुनः लिगको उपाधि हात पार्न सफल भएको हो । रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...