आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनले आजबाट मकवानपुरगढीमा वडागत घरदैलो अभियान सुरु गर्ने भएको छ । आईतबार गठबन्धन निर्वाचन समिति संयोजक राजविर मोक्तानको अध्यक्षतामा बसेको बैठकले आजबाट वडागत घरदैलो अभियान सुरु गरिने बताइएको छ । गठबन्धनको बैठकमा कांग्रेस र माओवादीको नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

बैठकमा आज सोमबार वडा नम्बर ३ मा, २० गते मंगलबार २ नम्बर वडामा, २१ गते ४ नम्बर वडा, २२ गते ७ नम्बर वडा, २३ गते १ नम्बरको रानीसेरा र पिङडाँडामा, २४ गते ५ नम्बर वडामा, २५ गते ८ नम्बर वडामा र २६ गते ६ नम्बरवडामा गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरिने तय भएको जनाएको छ । मकवानपुरगढीमा गठबन्धनको तर्फबाट अध्यक्षमा दोर्जे लामा स्याङतान् र उपाध्यक्षमा मानकुमारी पाख्रीन९नेपाली०ले आफ्नो उम्मेदवारी दिएका छन् ।