स्क्रयाबल क्लब मकवानपुरले जिल्ला स्तरीय स्क्रयाबल च्याम्पीयनसिपको आयोजना सम्पन्न गरेको छ । बालजागृती अङ्ग्रेजी माध्यमिक विद्यालयद्वारा प्रायोजित प्रतियोगितामा १४ वटा विद्यालयका २८ जना छात्रछात्राहरुले सहभागी जनाएका थिए । प्रतियोगिता मार्फत उत्कृष्ट ७ जना बिद्यार्थीलाई राष्ट्रिय प्रतिस्पर्धाका लागी छनौट गरिएको छ । जसमा ज्ञानोदय अङ्ग्रेजी माध्यमिक विद्यालयका साइसतुती सुवेदी ,बालजगृती अङ्ग्रेजी माध्यमिक विद्यालयका रोमिशा तामाङ्ग र आरुष राजथला , नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयका मनिषा खड्का , फेमकल एकेडेमीका प्रिस्किला प्रजा ,  तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयका निरिशा त्रिपाठी र सुनगाभा अङ्ग्रेजी माध्यामिक विद्यालयका सुबिक्षा बानियाँ रहेका छन् ।

No description available.

उनीहरु आगामि दिनमा राष्ट्रिय स्तरको स्क्रयाबल प्रतियोगिताका लागी सहभागी हुने छन् । उक्त कार्यक्रमको सभाअध्यक्षता बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको रहेको थियो। कार्यक्रममा बालजगृति अङ्ग्रेजी माध्यमिक विद्यालय संस्थापक हार्दिक खतिवडा , सञ्चालक समित अध्यक्ष दिनेश प्रसाद भण्डारी ,बारा जिल्ला स्क्रावल क्लब का संयोजक भोज राज सुवेदी , राष्ट्रिय विभूति सामुदायीक शिक्षा सदनका प्रधानाध्यापक ,सागर ठाडा एबम सक्रावल क्लब बाराका सदस्यहरु किशोर बाबु श्रेष्ठ , वाशुदेव नेपाल लगायतकाको उपस्थिति रहेको थियो।