Comments Add Comment

मकवानपुरमा शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा शनिबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा १५ जनामा कोरोना भाइरस पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।

मकवानपुरमा शनिबार आएको रिपोर्टमा कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना, मनहरी गाउँपालिकाका ७ जना, हेटौंडामा कामको शिलशिलामा वस्ने पर्सा र बारा जिल्लाका एक एक जना गरी १५ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक चौलागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर