Comments Add Comment

पत्रकारितामा कपि पेष्टको हाबि भयो‌:नेता बानियाँ

नेपाली कांग्रेस प्रदेश ३का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले अहिलेको  पत्रकारितामा कपि पेष्टको हाबि हुदै गएको बताएका छन्। 

प्रेस युनियन मकवानपुरले आयोजना गरेको प्रशिक्षण तथा पत्रकारिता तालिमको समापनको क्रममा नेता बानियाँले अहिलेको पत्रकारिता हतारमा हुने गरेको र पत्रकारितामा कपि पेष्टको प्रवृत्ति हाबि हुदै गएको बताएका हुन्।उनले पत्रकारिता मर्यादित पेशा रहेकोले सम्रग पत्रकार र पत्रकारिता जगत मर्यादित हुने पर्ने बताएका छन्। 

बानियाँले राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगत लोकतन्त्र र स्वतन्त्रमा संवाहक भएको बताउँदै सिङ्गो पत्रकारिता लोकतन्त्र संस्थागत गर्न लाग्नु पर्ने बताएका छन्। प्रेस युनियन मकवानपुरको आयोजनामा भएको १ दिने प्रशिक्षण तथा पत्रकारिता तालिममा  मकवानपुरमा आवद्ध करिब ६० जना पत्रकारहरुको सहभागीता रहेको थियो।प्रष्टखबरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर