पश्चिम मकवानपुरको मनहरीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आईतबार बिहान मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १९ प २३२८ नंबरको मोटरसाईकललाई सोहि दिशाबाट आएको ना २ क ४३१ नंबरको टिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार ५५ वर्षीया तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार रेग्मीको उपचारको क्रममा चितवनमा मृत्यु भएको र मोटरसाईकल चालक भने सामान्य घाईते रहेका छन् । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।