मकवानपुरको मनहरी गाउँपालिका – ६ कुलचोमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना ४ ख ४४५४ नंबरको बस मनहरी गाउँपालिका– ६ कुलचोमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दर्जन भन्दा बढी घाइते भएको प्रहरीले बताए । घाईतेहरुलाई उद्धार गरी अस्पताल पठाउने काम भईरहेको छ । के कारणले दुर्घटना भयो भन्ने थाहा नभइसकेको र थप विवरण आउन बाकी रहेको छ ।