काठमाडौं –  कविता नेपाली र किरण तामाङ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक सनिश श्रेष्ठ स्वर रहेको छ।  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन्।  जावेद खानले छायाँकन गरेको यस भिडियोमा  इरा महर्जनको  कोरियोग्राफी रहेको छ।

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह-निर्माता  हुन्।  यसअघि लुपी इन्टरटेन्मेण्टको प्रस्तुतिमा ‘निन्दरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *