Image Source :

हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-१० स्थित टिसीएन चौरमा जारी महोत्सवको तेस्रो दिन चर्चित र्‍यापर जिबबको प्रस्तुतिले दर्शकहरूमाझ छुट्टै रौनक ल्याएको छ।

जिबबको र्‍याप सुन्न र हेर्नका लागि महोत्सव स्थलमा ५०० भन्दा बढी फ्यानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसअघि दोस्रो दिन राजनराज शिवकोटी, बबिना किराती र बालिका तामाङको सांगीतिक प्रस्तुतिमा भन्दा जिबबको र्‍यापमा युवा दर्शकहरूको अधिक सहभागिता देखिएको थियो।

मञ्चमा उत्रिएका जिबबले आफ्ना चर्चित गीतहरू ‘मिलेन लेभल’, ‘जनताले राजा छानी सके’ लगायतका र्‍याप गाएर दर्शकहरूलाई झुमाएका थिए।

महोत्सवको चौथो दिन अर्थात् भोलि मङ्गलबार पनि सांगीतिक माहोल तातेने आयोजकले जनाएको छ। भोलि चर्चित गायिका मेलिना राई, अमृता घर्ती मगर, उमादेवी खनाल र केसार सिंह मोक्तानको विशेष सांगीतिक प्रस्तुति रहने जानकारी प्राप्त भएको छ।