सनराईजद्धारा जालपाका विपन्न विद्यार्थीलाई स्वीटर वितरण

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ डुम्रेकुनामा रहेको सनराईज युथ क्लबको आयोजना तथा जालपा देबि माविका भूपु विद्यार्थीहरुको सहयोगमा विपन्न विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । जालपा देबि माविमा आईतबार ५० जना विपन्न विद्यार्थीलाई स्वीटर वितरण गरिएको सनराईज युथ क्लबका सचिव अशोक स्याङतानले जानकारी दिए ।

No photo description available.

क्लवले मकवानपुरगढी–६ मा रहेको सबै विद्यालयका विपन्न विद्यार्थीलाई स्वीटर वितरण गर्ने भएको छ । विद्यालयमा अध्यनरत गरिब बिपन्न एबम् आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाइ चिसोबाट बच्न जलपा देवीमा पढ्ने भुपु विद्यार्थीबाट र विभिन्न सहयोगीहरुबाट उठाइएको करिब १ लाख बराबरको स्वीटर वितरण गर्न लागिएको सचिव स्याङ्तानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad