हेटौंडा । मकवानपुरमा चार दशक देखि पत्रकारितामा क्रियासील राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई पत्नीशोक आइपरेको छ । आज बिहान काठमाडौँको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौँडा–८ स्थित कमाने बस्ने परियारकी धर्मपत्नी मिना परियारको ५३ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उपचारको क्रममा भ्यान्टीलेटरमा उपचारको क्रममा मिनाको मृत्यु भएको थियो । विगत ५ वर्षदेखि मुटु र किड्नीको समस्या झेल्दै आउनुभएकी परियारको मृत्यु र्भएको हो । उहाँको १ छोरा र २ छोरी रहेका छन् ।