बलिउड चर्चित अभिनेता गोविन्दा गोबिन्द श्रीमती सहित नेपालमा आएका छन् । आगामी कार्तीक २१ बाट वीरगन्जमा हुने नेपाल चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुनका लागी गोबिन्द श्रीमती सुनिता आहुजा सहित नेपाल आएका हुन् ।
साथै उनिहरुसंग भारतमा बस्दै आएकी नेपाली नायीका निरुता सिंंह पनि आएकी छिन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुरा गर्दे भारतमा पुर्व मन्त्री समेत रहेका गोविन्दाले नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी लागेको बताए । महोत्सव आयोजक चलचित्र निर्माता संघको निमन्त्रणामा आफु अतिथिका रूपमा आएको आएको जानकारी दिए ।
यस अधि पनि बिभिन्न समयमा नेपाल आईरहेका अभिनेता गोबिन्दले पनि महोत्सवमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको निर्माता संघका अध्यक्ष तथा आयोजक आकाश अधिकारीले जानकारी दिए।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






