फागुन २ गते रिलिज हुने चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशित चलचित्रको टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापाको प्रेम, विछोड र भावनालाई देखाइएको छ ।
विनोद सापकोटाले निर्माण गरेको चलचित्रमा सुशील र रुबिनासँगै विश्वजित रिमाल,बिष्णु सापकोटा,बिशाल पहाडी लगाएतको मुख्य भूमिका छ । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।
शाहील खान सह-निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । अर्जुन पोखरेलको संगीत,रहेको चलचित्रमा बिक्रम लामा,एन्जिला खत्री र प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।
भिडियो :-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




