Menu

बनेपामा भन्सार छलेर ल्याइएका ३० थान मोबाइल बरामद

बनेपा – प्रहरीले बनेपाको २ वटा मोबाइल पसलमा छापा मरेको छ । भन्सार छलेर ल्याइएका ३० थान मोबाइल प्रहरीले पसलबाटै बरामद गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी भन्सार छलेर ल्याइ बिक्रिमा राखिएका मोबाइल बरामद गरिएको जानकारी गराएको हो ।

बनेपा नगरपालिका–८ बसपार्कमा सुनिल खनालले बिना दर्ता सञ्चालन गर्दै आएको मोबाइल पसलबाट विभिन्न कम्पनीको २१ थान र वडा नम्बर ८ चाँदनीचोकस्थित चाँदनी कम्प्लेक्सभित्र सुदीप दाहालले सञ्चालन गर्दै आएको एमआइजी मोबाइल सेन्टरबाट नौ थान गरी ३० थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad