2025-12-10 2:35 am

रुसका राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि मन्त्रिपरिषदको सामूहिक राजीनामा

रुसका प्रधामन्त्री दिमित्री मेदभेदेभ सहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ।

पुटिनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद दिएका छन् । राष्ट्रपतिको रुपमा पुटिनको कार्यकाल सन २०२४ मा सकिँदैछ। उनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव पनि पेश गरेका छन् जसको अध्यक्षता उनी स्वयंले गर्ने गर्छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएका दिमित्रीलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखमा नियुक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad