Comments Add Comment

ओठ सिलाएर आन्दोलनमा उत्रिए अफगान महिला

अफगानिस्तानका महिलाहरुले राजधानी काबुलमा गएको वर्ष भएको प्रान्तीय चुनावमा धाँधली भएको आरोप लगाउँदै आफ्नो ओठ सिलाएर प्रदर्शन गरेका छन् । उनीहरु उक्त निर्वाचनमा उम्मेदवार रहेका थिए । विरोध स्वरुप ती महिला राष्ट्रपति भवनको सामुन्नेमा विरोध प्रदर्शन गरेका छन् ।  अफगानिस्तानको केही प्रान्तका महिला उम्मेदवार अघिल्लो वर्षको अक्टोबर महिनामा भएको संसदीय चुनावमा पराजित भएका थिए ।  एक उम्मेदवार डीबा नयाजीले मंगलबार आफ्ना पाँच महिला साथीका साथ ओठ सिलाएर प्रदर्शन गरेकी थिइन् ।

बीबीसीसँगको कुराकानीमा डीबाले सरकारले सुनुवाई नगरेकोले आफूहरु प्रताडनाको आखिरी हद सम्म गएको जनाएका छन् । त्यहाँका महिलाहरु गएको तीन महिनादेखि प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरुको आरोप छ कि उनीहरुलाई हराएर चुनाव जित्नेहरु घूस खुवाएर सो पदमा पुगेका हुन् । उनीहरुले राष्ट्रपतिले पनि आफूहरुको माग सुन्नको लागि समय नदिएको आरोप लगाएका छन् । प्रदर्शनकारी महिलाको अनुरोधमा एक महिला चिकित्सकले गएको मंगलबार उनीहरुको ओठ सिइदिएकी हुन् । ओठ सिलाएका महिलाले अब भोक हडतालपनि शुरु गरेको बताइएको छ । उनीहरुले आफ्ना मागका बारेमा अफगान सरकारले छानबिन समिति गठन गरेर जाँच गरोस् भन्ने चाहेका छन् । अफगानिस्तानको निर्वाचन आयोग र सरकारले भने यसअघि नै ती महिलाहरुको आरोप गलत भएको र चुनाव निस्पक्ष ढ्रगले नै भएको बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर