जेसीजको खुला फुटसल आजबाट

Company Register

हेटौंडा जेसीजको आयोजनामा आज शुक्रबारबाट हुन लागेको खुला फुटसल प्रतियोगिताको उद्घाटनमा एफसी मल्टिभिजन र एफसी रोयल भिड्ने भएका छन् । भोली शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक जेसीआई हेटौंडाका फुटसल कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठले जानकारी दिए ।

Source radiomakawanpur.com

Advertisement

‘प्रतियोगिताको तयारी सकिएको छ । भ्रातृत्वको विकास र खेल क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो’, श्रेष्ठले भने, ‘मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहबाट प्रतियोगिताको उद्घाटन हुनेछ ।’ प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ र दोस्रो हुनेले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एकजना खेलाडीलाई नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजक हेटौंडा जेसीजका अध्यक्ष सन्देश डिसीले जानकारी दिए । प्रतियोगिता सञ्चालनको लागि १ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । फाइनल र सेमीफाइनल खेल शनिबार हुने आयोजकले बताएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...