बिमाको २५ लाख रकमको लोभमा बाबुद्वारा ४ वर्षीया छोरीको हत्या

अनलाइन पत्र संवाददाता२०७६-०३-२० No Comments

असार २०- रौतहटमा २५ लाख बिमा रकमको लोभमा परेर बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या गरेका छन्।

रौतहटको मौलापुर नगरपालिका(६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले गत १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरी पोखरीमा फालेको अवस्थामा १७ गते विहान शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नविन कार्कीले बिमाको रकम हात पार्नको लागि नवालिक छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए।

नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरी अनुसन्धान गर्दै जाँदा रामकिशोरले विमाको ठूलो रकम हात पर्न आफनै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरिएको रहस्य खुलेपछि हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिए।

रौतहटको गरुडामा रहेको प्रभु बैंकमा २५ लाखको कान्छि छोरीको नामबाट विमा गराएको २९ औं दिनमा हत्या गरेको बुझिएको छ। आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा बाबुद्धारा छोरी हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको उनले बताए।

बिमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाइसकेका थिए। यो बीचमा उनलाई कसैले सुनाई दियो बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएका डबल दुई गुणा रुपैयाँ फिर्ता पाइन्छ। उनलाई छोटो समयमै धेरै पैसा कमाउने लोभ लाग्यो। कसैले भनेको यही कुरा छोरीको हत्याको कारण बन्यो। उनले छोरीलाई घरमै कुटपिट गरे र हत्या गरे।

हत्यापछि छोरीको शव पोखरीमा फालेर आफैले छोरी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए।


By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad