संसदको चौथो शक्ति बन्यो माधव नेपालको पार्टी

Company Register

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ । बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ ।

Advertisement

नेपाल नेतृत्वको पार्टीमा ३० सांसद रहेका छन् । आयोगमा बुधबार सनाखत गराउन तत्कालीन एमालेका ३० सांसद माधव नेपालको पक्षमा खुलेका थिए । यससँगै संसदको सबैभन्दा ठुलो पार्टी एमाले विभाजित भएपनि पहिलो दलको हैसियत भने कायमै रहेको छ । यस्तै दोस्रो ठूलो पार्टी काँग्रेस र माओवादी केन्द्र तेस्रो ठूलो पार्टी कायम छ । यसअघि चौथो हैसियतमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा अब पाँचौ ठूलो दल हुने भएको छ भने आजै आयोगबाट आधिकारिकता पाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छैटौं ठूलो दल बन्ने भएको छ । यी दल नै संघीय संसदमा राष्ट्रिय हैसियत प्राप्त गर्ने दल बनेका छन् भने थ्रेसहोल्ड नकटाएका राप्रपा, जनमोर्चा र नेमकिपाको संसदमा प्रतिनिधित्व रहेपनि स्वतन्त्र हैसियत रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...