नेपाल र ठाकुर नेतृत्वको दुबै दलले पाए मान्यता

Company Register

निर्वाचन आयोगमा आज दुई नयाँ दल दर्ता भएका छन् । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत आयोगमा दर्ता भएका हुन् । बुधबार दिउँसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । बुधबार बेलुका दुबै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले दुबै दललाई चुनाव चिन्ह दिनेबारे निर्णय पछि हुने जानकारी दिए ।

Advertisement

आयोगका सचिव सुरेश अधिकारीले नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा९एमाले०बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो । दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र बुधबार सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

ya thau khali xa

सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरे । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका थिए । नेकपा ९एमाले०बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुबै दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले आज प्रमाणपत्र प्रदान गरेसँगै दुबै दलले वैधना पाएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...