मकवानपुरको मकवानपुरगढी गाउँपालिका र भिमफेदी गाउँपालिकाको सिमाना पर्ने बुङ्दलमा रहेको प्राकृतिक झरना पछिल्लो समय सामाजिक सञ्जाल टिकटक र फेसबुकमा भाईरल भएको छ । भाईरल भएसँगै आतरिक पर्यटहरुको घुईचो लाग्ने गरेको छ । सामाजिक सञ्जालमा भाईरल भएको झरना हेर्न मकवानपुरको विभिन्न ठाँउ सहित मकवानपुरको आसपासका जिल्लाहरुबाट पर्यटकहरु आउने गरेको छ ।

झरनामा मकवानपुर सहित आसपासका जिल्लाहरुबाट दैनिक ५/६ सयको हारहारीमा पर्यटकहरु आउने गरेको त्यहाका स्थानियहरु बताउँछन् । विशेष गरी धेरै संख्यामा शनिबार झरना हेर्न आउनेको भिड लाग्ने गरेको स्थानियहरु बताउँछन् । । सोमबार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष र भीमफेदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतकाको टोलीले बुङ्दलको झरनाको निरिक्षण गरेपछी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।