आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारीलाई साथ दिने भएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवार दिएका अम्बर बहादुर मल्ल, सदस्य देवराज घिमिरेले उम्मेदवारी दिएता पनि आफ्नो उम्मेदवारी नरहेको भनी विज्ञप्तीमा उल्लेख छ । माओवादी केन्द्रका वडा ईन्चार्ज खडानन्द न्यौपाने र कांग्रेसका वडा सभापति केदारनाथ चौलागाईले हस्ताक्षर भएको विज्ञप्तीमा माओवादी केन्द्रले वडाबासीले गठबन्धनको उम्मेदवारलाई सघाउन आग्रह गरेको छ ।