हेटौंडामा थप १९ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबार बिहानै आएको ७२ जनाको स्वाब रिपोर्टमा १९ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमण हुने सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको छ । संक्रमितहरु हेटौंडा ४ का ६ जना , हेटौंडा ५ का ३ जना , हेटौंडा ९ का ४ जना , हेटौंडा १० का एक जना , हेटौंडा ११ का ३ जना , हेटौंडा १६ र १७ का एक एक जना रहेको छ । यो संगै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६३ पुगेको छ ।