न्यानो स्वेटर बितरण गर्दै मकवानपुरगढी ६ का वडाध्यक्ष टिकाप्रसाद दाहाल । तस्वीर : सुनिल गौतम

मकवानपुरगढीको वडा नंम्वर ६ मा रहेको सनराईज युथ क्लवको संयोजनमा जालपादेवी मावि डुम्रेकुनाका भूपू विद्यार्थी तथा अन्य सहयोगिहरुको प्रायोजनमा निशुल्क न्यानो स्वेटर वितरण कार्यक्रम आज सम्पन्न भएको छ । मकवानपुर गढी ६ मा अध्ययन गर्ने सम्पूर्ण विद्यालयका विपन्न विद्यार्थीलाई लक्षित गरी स्वेटर बितरण गरिएको हो । मकवानपुर गढी ६ मा रहेका सबै प्राथमिक विद्यालयका सबै बालबालिका र माध्यामिक तहमा भने विपन्न विद्यार्थी लक्षित गरी स्वेटर बितरण गर्ने कार्यक्रम संयोजक अशोक स्याङ्तानले बताउनुभयो ।

स्वेटर बिरतणको पहिलो चरणमा जालपादेबी मावी डुम्रेकुनामा ५५ जना बालबालिकालाई बितरण गरिएको थियो भने दोस्रो चरणमा वडा नं ६ को ईश्वरी प्राथमिक विद्यालयका र बालज्योति प्राथमिक विद्यालयका सबै बालबालिकालाई आज एक कार्यक्रमका बीच स्वेटर बितरण गरिएको हो । तेस्रो चरणमा भोलि नवज्योति प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वेटर बितरण कार्यक्रम रहेको क्लवका सचिव अशोक स्याङ्तानले बताउनुभयो ।

मकवानपुरगढी ६ का वडाध्यक्ष टिका प्रसाद दाहालको प्रमूख आतिथ्यता तथा ६ नं टोलबिकास समितिका अध्यक्ष बद्री दाहालको विशेष आतिथ्यता रहेको कार्यक्रम ईश्वरी प्राथमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद हुमगाईको अध्यक्षतामा सम्पन्न भएको हो । ईश्वरी प्राथमिक विद्यालयकै प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल गौतम, बालज्योति प्राथमिक विद्यालयका प्रअ ओमनाथ घिमिरे, ईश्वरी प्राविका ब्यवस्थापन समिति सदस्य गोपाल प्रसाद सापकोटा, पूर्व पिटिए अध्यक्ष माधव सापकोटा, शिक्षकहरु धरणीधर पौडेल, चण्डिका घिमिरे, अमृतराज थापामगर, ठगप्रसाद शाह, डुम्रेकुना टोलबिकास संस्थाका सचिव बिष्णु शिलवाल लगायतको आतिथ्यता रहेको थियो ।