सरूँ पराजुलीको आवाजमा ट्विन्स दिदी बहिनी अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘फुर्सदमा च्याट गर्न’ बोल रहेको गीतको भिडियोमा सामारिका, स्मारिका सँगै दिपा र समीक्षा पनि फिचर्ड छन् । गीतको शब्द रचना शिव चौलागाइको छ । सुब्रत राज आचार्यको निर्देशन,महेश खड्काको संगीत र महाराज थापाको एरेन्ज समावेश गरिएको छ । विकास दाहालको सम्पादनमा तयार पारिएको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका छन् ।