काठमाडौँ – मल्टीस्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को आइटम नम्बर सार्वजनिक गरिएको छ । ‘हालल’ बोलको गीतमा अभिनेत्री सुष्मा कार्कीले कामुक नृत्य पस्केकी छन् ।

मिना निरौलाले स्वर दिएको गीतमा बि.बि थापाको शब्द र सन्तोष रजाउरेको संगीत छ ।

अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा शिवसँगै प्रियंका कार्की, वर्षा राउत, आयुषमान देशराज जोशी, सन्जोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का, ध्रुव कोइरालालगायतका कलाकारहरुको अभिनय छ । भने, शक्ति श्रेष्ठ, कविता मानन्धर र संव्यक दर्शनधारीले डेब्यु गर्दैछन् ।

दीपेश सापकोटाले निर्देशन गरेको चलचित्रका निर्माताहरुमा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यसोदा राई तुम्बाहान्ग्फे छन् । यस्तै सह-निर्माताको लाइनमा सुनिल कटुवाल, राम नारायण शाह, दिनेश थापा मगर, खुम तामाङ र तारा तुलाधर रहेका छन् ।