गायक राज सिग्देलको ‘ओठवाली’ सार्वजनिक भएको छ। ‘उ जितेर गई या हारेर गई’ जस्ता सुमधुर गजल दिएर दर्शक श्रोताका मनमा बस्न सफल गायक राज सिग्देलको ओठवाली रोमान्टिक गीत हो।

अग्नी पराजुलीको शब्द तथा चण्डिप्रसाद काफ्लेको संगीतमा रहेको गीत ओठवालीको भिडियो अग्नी पराजुलीको युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

दुर्गेश थापा, सोनिका रोकाय र गायक राज सिग्देल स्वयम् प्रस्तुत भएको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ। चर्चित कोरियोग्राफर एवम् मोडल गम्भिर विष्टको निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतीले खिचेको हो।

नविन निरौलाको सम्पादन तथा कलर रहेको गीतको भिडियोलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।

गीत हेर्नुहोस्