नेपाल तामाङ कलाकार संघको आयोजनामा यही महिनाको २७ र २८ गते काठमाण्डौमा “तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सव” गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरि महोत्सबबारे जानकारी गराइएको हो । दुई दिनसम्म चल्ने महोत्सवमा तामाङ मौलिक गीत फापारे व्हाइ, खान्दोके भाका, ताम्बा गीत तथा नाच, म्हेन्दो मायाका साथमा तामाङ सेलोका विभिन्न भाकाहरु प्रस्तुत हुनेछ । सोही समयमा सेलो गीत संगीतका विभिन्न पक्षका बारेमा वहस तथा छलफल हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको हो ।
महोत्सवको दोस्रो दिन बिहान ११ बजेदेखी बेलुका ७ बजे सम्म कार्यक्रम हुने भएको छ । महोत्सवमा ब्यापारिक स्टलहरु पनि रहेकोले सम्पर्क गर्न र सिङ्गो समुदायलाई आर्थिक , भौतिक तथा नैतिक सहयोगको लागि आयोजक टिमले अपिल गरिएको छ ।