माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गरिएको हो । परिक्षमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

एसईईमा ४१ हजार ६२७ जनाले ३।२० देखि ३.६०, ६९ हजार ९०० जनाले २।८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २।४ देखि २.८० जीपीए ल्याएका छन् । सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १।२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू