मकवानपुरगढी गाउँपालिकाले विभिन्न पदको लागि करारका कर्मचारीहरु मागेका छन् । गाउँपालिकाले आज बुधबार एक सुचना मार्फत २२ जना करारका कर्मचारीको लागि आवेदन अव्हान गरिएको छ । सोमबार बसेको गाउँपालिकाको बैठकको निर्णय अनुसार विभिन्न पदका लागि कर्मचारी मागेका हुन् ।

गाउँपालिकाले ईन्जिनियर (छैठौँ तह) पदको लागि १ जना , सव–ईन्जिनियर ४ जना , अ.न.मी. ३ जना , प्रशासक सेवा अ.न.मी. १ जना , ल्याब असिष्टेण्ट २ जना र कार्यालय सहयोगी ११ जना गरी २२ जना कर्मचारीहरु मागेका छन् । ईच्छुक एंव तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले जानकारी दिएका छन् । कर्मचारीको छनौट लिखित र अन्तरवार्ताबाट हुनेछ । गाउँपालिकाले गत असार ३१ गतेको बसेको बैठकले करारमा नियुक्त कर्मचारीहरुको करार सम्झौताको नविकरण नगर्ने निर्णय गरेको थियो ।

सुचना हेर्नुहोस्

No description available.