आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको टिकट नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामाले पाएकी छन् । शनिबार बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो ।

एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिबार बसेको बैठकले हेटौंडाको मेयर पदका लागि उपमेयर लामासहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका नाम सिफारिस गरेको थियो । लामा हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् । लामाले शुक्रबार उपमेयर पदबाट राजीनामा दिएकी थिइन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् ।