Comments Add Comment

लकडाउनको बेला यस्ता सेवाहरु संचालन गर्न सरकारको निर्देशन (विज्ञप्तीसहित)

काठमाडौँ –  गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दुरसंचार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनको काम सधैंजस्तो नियमित संचालन गर्न आग्रह गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ती जारी गर्दै उक्त निर्देशन दिनुभएको छ ।

उहाँले लकडाउनको पहिलो दिन यस्ता आवश्यक बस्तु र सेवा संचालन गर्ने निकाय छिटफुट रुपमा मात्रै संचालन भएको भन्दै निर्वाध रुपमा संचालन गर्न र जनताकाे प्रत्यक्ष सरोकार राख्ने किरानापसल पनि खोल्न निर्देशन दिनुभएको छ। 

त्यस्तै नागरिकलाई भने अतिआवश्यक नपरी घरबाट बाहिर ननिस्कन र लकडाउनको पूर्ण पालना गर्न सरकारले आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर