सरकारले रामनवमीको दिन आज देशभर सार्वजनिक बिदा दिएको छ । शनिबार गृह मन्त्रालयले सूचना निकालेर आज आइतबार देशभर सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।