आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेस हेटौंडा– १७ नम्बर इकाई समितिको बैठकले वडा अध्यक्षको लागि उद्धव सत्यालको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

वडा उपसभापति प्रकाश पौडेलका अनुसार वडा अध्यक्षसँगै वडा सदस्यहरुमा समेत सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । वडा सदस्यहरुमा खुल्लातर्फ नवराज न्यौपाने, अशोक घलान, महिला सदस्यमा रिता दहाल र दलित महिला सदस्यमा सावित्रि विश्वकर्माको नाम सर्वसम्मत सिफारिस भएको छ ।