आजदेखि चितवनमा कोरोना भाईरस संक्रमण रोकथामका लागि १५ दिनसम्म निषेधाज्ञा हुने भएको छ । बुधबार जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले आज राती १२ बजेदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पछिल्लो समय चितवनमा कोरोना संक्रमण बढ्दो क्रममा छ । जिल्लामा बुधबारसम्म सक्रिय संख्या ५८५ पुगेको छ ।