नेपाल तामाङ्ग घेदुङ बागमती प्रदेशले मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा १० जनालाई पक्राउ गरेको प्रति ध्यानाकर्षण गरेको छ । घेदुङको अध्यक्ष लिला कुमार घलानले एक विज्ञप्ती जारी गर्दै नियोजित र षड्यण्त्रपुर्ण ढंगले पक्राउ गरेको प्रति निन्दनिय रहेको बताएको छ ।

मुलुक धर्मनिरपेक्ष भईसकेता पनि व्यवहारमा अझै हिन्दुराज्यको धङघङी रहेको परिप्रेक्ष्यमा संविधानको बर्खिलाप हुने गरी स्वतन्त्र रुपमा बाच्ने वा बाच्न पाउने नागरिकको अधिकार प्रति ठाडो उल्लंघन भएको छ । विशेष गरी आदिवासी जनजाति र दलित समुदायलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै पक्राउ गरी फसाउँने नियत प्रति निन्दनिय रहेको विज्ञप्तीमा उल्लेख छ । पक्राउ परेका १० जनालाई विना सर्त रिहाईको माग समेत गरेको छ । झुट्टा आरोप लगाई केही क्षेणका लागि लोकप्रियता कमाउन खोज्ने प्रहरीलाई अविलम्ब छानविन गरी दायरामा ल्याई कारबाहीको माग गरेको छ । माग पुरा नभए देशव्यापी आन्दोलनको घोषणा गर्न समेत बाध्य हुने चेतावनी दिएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नंम्बर ११ मा गाई काटेको आरोपमा १० जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकोको प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बकैया –११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीय फुलमाया थिङ रहेको छ ।

May be an image of text